गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद अस्पताल

बाग्लुङ – ०२, गण्डकी प्रदेश

हाम्रो बारेमा

 


धौलागिरी आयुर्वेद औषधालयको स्थापना वि.सं. २०२९ सालमा भएको हो | प्रारम्भमा यो औषधालय नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत धौलागिरी अंचल आयुर्वेद औषधालय नामले पंयुपाटा गा.वि.स. मा संचालन भयो | २०५८ सालमा पंयुपाटा गा.वि.स. बाट स्थानान्तरण भई हालको बागलुङ न.पा.-२, माझकोटमा संचालन भयो र पंयुपाटामा बलेवा आयुर्वेद औषधालयको स्थापना भयो | संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सात प्रदेशको विभाजन पश्चात गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत संचालन भयो | प्रदेश सरकारको निर्णयानुसार नाम परिवर्तन भई हाल धौलागिरी आयुर्वेद औषधालयको नामले संचालित छ | हाल गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछि यो कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत संचालित छ | विगतमा यस औषधालयले बलेवा आयुर्वेद औषधालय, विंहू आयुर्वेद औषधालय, दमेक आयुर्वेद औषधालय, जैदी आयुर्वेद औषधालय र बुर्तिवांग आयुर्वेद औषधालय गरी हाल विभिन्न स्थानीय तहमा रहेका ५ आयुर्वेद औषधालयहरुको समेत आर्थिक र प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो | संघीयताको स्थापनापछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् |

“स्वस्थस्य स्वास्थ्य रक्षणमातुरस्य विकार प्रशमनं च |”

आयुर्वेदको मूल २ उदेश्यहरु:

१. स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने |

२. रोगी व्यक्तिको रोगको उपचार गर्ने |

आयुर्वेदको यी दुई मूल उदेश्यहरुलाई आत्मसात गर्दै धौलागिरी आयुर्वेद औषधालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत प्रवर्धनात्मक, प्रतिकारात्मक,  उपचारात्मक सेवाका साथै स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य सेवाहरु प्रदान गर्दै आईरहेको छ |

इतिहास

धौलागिरी आयुर्वेद औषधालय संस्थागत परिचय

¨  स्थापना : २०२९ साल - पयुपाटा गा. वि. स. बागलुंग धौलागिरी अंचल आयुर्वेद औषधालय

¨  स्थानान्तरण: २०५८ साल बागलुंग नगरपालिका -२, माझकोट - धौलागिरी अंचल आयुर्वेद औषधालय

¨ नाम संसोधन : २०७७/१/२३ गण्डकी प्रदेश सरकार मन्त्रि परिषद निर्णयले - धौलागिरी आयुर्वेद औषधालय

¨ २५ शैय्या प्रदेश अस्पतालमा स्तरोन्नति   : २०८१/०७/१२  – गण्डकी प्रदेश सरकार मन्त्रि परिषद निर्णयले - धौलागिरी आयुर्वेद औषधालय २५ शैय्या सहित अन्तरंग सेवा संचालन स्वीकृति 

¨ नाम संसोधन एवं २५ शैय्या प्रदेश अस्पतालमा स्तरोन्नति   : २०८१/०८/17 – गण्डकी प्रदेश सरकार मन्त्रि परिषद निर्णयले - धौलागिरी आयुर्वेद अस्पताल (गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालय, धौलागिरी आयुर्वेद अस्पताल,बागलुङ नेपाल - DHAULAGIRI AYURVEDA HOSPITAL)

¨ स्थापना कालबाट हाल सम्म विभिन्न स्थानमा गरेर ५२ बर्ष सेवा संचालन भएको  हाल बागलुंग नगरपालिका माझकोट बाट आफ्नै भवन बाट सेवा प्रबाह भैरहेको |

¨ स्तर उन्नति : आ.व.०८१/०८२ को बजेटबाट

¨ अन्तरंग सेवा सहित अस्मापतालमा स्तर उन्नति भएको

¨  दरबन्दी संसोधन का लागि  संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न २०८१/०७/१२  निर्णय भएको |

¨ ०८१/०८२  आ.व. मा नै अन्तरंग सेवा संचालनको तयारी भैरहेको जस  अन्तर्गत पूर्वाधार सुधार र जनशक्ति ब्यवास्थापन्कालागी कार्यहरु भैरहेको छ | 

अन्तर्गत संस्था: नागरिक आरोग्य सेवा केन्द्र : ३ वटा

¨ नागरिक आरोग्य सेवा केन्द्र, बडीगाढ  -२, स्थापना २०७७/१२/१८ 

¨ नागरिक आरोग्य सेवा केन्द्र, ताराखोला-२, स्थापना  २०७७/१२/२१ 

¨ नागरिक आरोग्य सेवा केन्द्र, बरेंग -२   स्थापना  २०७८/१२/२४ 

स्थानीय तहमा हस्तान्तरण भएका औषधालयहरु  : ५ वटा

¨ बलेवा आयुर्वेद औषधालय बा.न.पा.-१३, पैयुपाटा

¨ दमेक आयुर्वेद औषधालय जैमीनी न.पा.-२, शिवपुरी

¨ बेल्बगर आयुर्वेद औषधालय, जैमीनी न.पा.- ७,  बेलबगर

¨ बिहु आयुर्वेद औषधालय काठेखोला गा.पा.-६, बिहु

¨ बुर्तिबांग आयुर्वेद औषधालय ढोरपाटन न.पा.-१, बुर्तिबांग

आयुर्वेद सेवा बिहिन स्थानीय तह : ३ वटा 

¨  गल्कोट न. पा.,

¨  तमन्खोला गा.पा.,

¨  निसिखोला गा.पा.

 


अध्यक्ष

______________________

कार्यालय प्रमुख

डा. शरद पन्थी

सूचना अधिकारी

डा. कमल बिक्रम पौडेल


poudelkavi@gmail.com

समाचार तथा गतिविधि