राष्ट्रिय योग दिवस २०८१ सु-सम्पन्न
राष्ट्रिय योग दिवस माघ १, २०८१ सम्पन्न।
धौलागिरी आयुर्वेद अस्पतालको आयोजनामा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीज्यूको प्रमुख आतिथ्यता एवम् अस्पताल प्रमुख डा.शरद पन्थीज्यूको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमको क्रममा शुभकामना मन्तव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले योग सबैले गर्न आवश्यक रहेको बताउनु भयो भने प्रमुख अतिथिको मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले हरेक दिनको पहिलो प्रहर ब्रम्हमुहूर्तमा एक घण्टाको समय आफूले आफ्नो लागि सोच्ने र योग अभ्यास गर्ने, योग अभ्यास सकेसम्म समूहमा गर्ने गरी आफूलाई परिस्कृत गर्न सुझाउदै आफू, समाज र राष्ट्र हुँदै विश्वभरि शान्ति स्थापनाको लागि " स्वस्थ समाज, समृद्ध नेपाल्र र विश्व शान्तिको लागि योग" भन्ने आदर्श वाक्यले पनि सन्देश दिएको बताउनुभयो।
कार्यक्रमको समपान मन्तव्य राख्दै कार्यालय प्रमुख एवम् कार्यक्रमका अध्यक्ष डा. शरद पन्थीले दिवसका लागि मात्र योग नगरी योग अभ्यास दैनिक गर्नुपर्ने र दैनिक गर्दा मात्र यसको फाइदा लिन सकिने कुरामा जोड दिनु भयो।
कार्यक्रमका क्रममा सहभागीहरुलाइ योग अभ्यास डा. सरोज पन्थीले गराउनु भएको थियो भने सहजीकरण डा. महेश अर्यालले गर्नुभएको थियो। कार्यक्रम डा. कमल बिक्रम पौडेलको सन्चालनमा सम्पन्न भएको थियोे ।
Download: राष्ट्रिय योग दिवस २०८१ सु-सम्पन्न
