गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद अस्पताल

बाग्लुङ – ०२, गण्डकी प्रदेश

दमेकमा आयुर्वेद जीवनशैली कार्यक्रम सम्पन्न



बागलुङ/जीवनशैलीका कारण मानव स्वास्थ्यमा गम्भिर प्रकृतिका समस्याहरु देखिन थालेको भन्दै जैमिनी नगरपालिका ३ दमेकमा स्वास्थ्य प्रबर्धनको लागि जीवनशैली परिवर्तन र योग कार्यक्रम सुरु भएको छ । जैमिनीको आयुर्वेद शाखाको संयोजनमा धौलागिरी आयुर्वेद औषधालयले कार्यक्रम आयोजना गरेको हो ।
आयुर्बेद सम्बन्धि जनचेतना वृद्धि गर्ने, नसर्ने रोग र जीवनशैलीको विषयमा जानकारी दिने, योग र ध्यान तथा ब्यायामको अन्तर र जीवनमा यसको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जडिबुटीको प्रयोगका बिषयमा जानकारी र सहभागिको रक्तचाप परीक्षण गरिएको डा. कमल बिक्रम पौडेलले जानकारी दिए ।
कार्यक्रममा पहिलो दिन ५१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर भुजेलले जीवनशैलीको सुधार आवश्यकता रहेको बताए । वडा २ का अध्यक्ष प्रेम सापकोटाले नसर्ने रोगबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यकता रहेको बताए ।
धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. शरद पन्थीको अध्यक्षता र डा. कमलबिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । दुई दिन चल्ने कार्यक्रममा डा. पन्थी, पौडेल, लक्ष्मीकान्त पौडेल लगायतले सहजिकरण गर्ने छन् । पहिलो दिन सहभागीलाई जीवनशैली सम्बन्धी स्वस्थ्यकर आहारबिहार, खानपान, योग ब्यायाम र योगको महत्व, भान्साका जडिबुटी सम्बन्धी जानकारी र उपयोगको बिषयमा जानकारी गराईएको छभने दोस्रो दिन योगको अभ्यास, जीवनशैली मापन, रक्तचाप परिक्षण, रगतमा चिनीको मात्रा जाँच गरिएको छ । अस्पतालका ल्याव टेक्नीसियन मनोज भुसालले रगत परीक्षण गरेका थिए ।