गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद अस्पताल

बाग्लुङ – ०२, गण्डकी प्रदेश

ताराखोला गाउँपालिकमा नागरिक आरोग्य अभियान कार्यक्रम सम्पन्न।



धौलागिरी  आयुर्वेद औषधालय, बागलुङ र नागरिक आरोग्य समिती, ताराखोला गाउँपालिकाको आयोजनामा ताराखोला गाउँपालिका स्वास्थ्य शाखा, नागरिक आरोग्य समूह वडा नम्बर-२, नागरिक आरोग्य सेवा केन्द्र, ताराखोला गाउँपालिकाको स्थानीय सम्योजन एवं व्यवस्थापनमा ताराखोला गाउँपालिका, अमरभुमिमा स्थानीय नागरिक आरोग्य समितिका अध्यक्ष भीम बहादुर रोका ज्यूको अध्यक्षता र गाउँपालिका अध्यक्ष धन बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यता वडा नम्बर एकका वडा अध्यक्ष ज्यू लगायत जनप्रतिनिधिहरूको आतिथ्यतामा नागरिक आरोग्य अभियान मिति २०८१/०२/१४ मा सम्पन्न भएको छ।
     कार्यक्रममा उपस्थित ५३ जना स्थानीय जनप्रतिनिधी, कर्मचारी, स्वयंसेविका र सहभागीलाइ स्वस्थकर जीवनशैली सम्बन्धी अभिमुखीकरण सहित आयुर्वेद सेवा, योग र प्रणायामको महत्त्व सम्बन्धी अभिमुखीकरण कार्यालय प्रमुख डा. शरद पन्थी  सहित डा. महेश अर्यालले प्रदान गर्नुभएको थियो ।साथै डा. कमल बिक्रम पौडेल, ल्याब टेक्निसियन मनोज भुसाल सहित स्वास्थ्यकर्मीको समूहले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम अन्तर्गत ८७ जना सहभागीको रक्तचाप मापन, स्वास्थ्य परीक्षण,  रगतमा चिनीको मात्राको जाँच सहित स्वास्थ्य परामर्श एवं आयुर्वेद रसायन औषधीहरू प्रदान गर्नुभएको थियो ।
   अधिकांश बिरामीमा उच्च रक्तचाप र जोर्नी सम्बन्धी समस्या भेटिएको थियो। कार्यक्रममा आवश्यक प्राविधिक सहयोग पालिका स्वास्थ्य संयोजक उदित थापा, आयोग्य केन्द्र प्रमुख निरा चौधरी  र अमरभुमि स्वास्थ्य चौकीकास्वास्थ्यकर्मीहरूले गर्नुभएको थियो।

Download: ताराखोला गाउँपालिकमा नागरिक आरोग्य अभियान कार्यक्रम सम्पन्न।