अस्पताल प्रमुख डा. नारायण श्रेष्ठलाई धौलागिरी आयुर्वेद अस्पताल परिवारद्वारा हार्दिक स्वागत
प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँबाट सरुवा भई धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको अस्पताल प्रमुखका रूपमा पदबहाली गर्नुभएका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. नारायण श्रेष्ठज्यूलाई अस्पताल परिवार हार्दिक स्वागत गर्दछ।
उहाँको कुशल, अनुभवी र अभिभावकीय नेतृत्वमा अस्पतालको भौतिक तथा प्रशासनिक विकासले नयाँ गति लिने र सेवा प्रवाह अझ प्रभावकारी हुनेमा हामी पूर्ण विश्वस्त छौँ। डा. श्रेष्ठज्यूलाई सफल र फलदायी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
Download: अस्पताल प्रमुख डा. नारायण श्रेष्ठलाई धौलागिरी आयुर्वेद अस्पताल परिवारद्वारा हार्दिक स्वागत
